Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती

    अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी। विद्युतीय व्यापार (ई–कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ ।

    आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो ।



    देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरु निकालिएको बिभिन्न सञ्चार माध्यमले जनाएका छन् ।



    गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्त विवरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो भने अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ४५.१४ अर्ब युआन थियो ।

    जसका कारण चालु आर्थिक बर्षमा आम्दानीको दर घटेको र सम्भाब्य आथिक क्षतीलाई न्युनीकरण गर्नका लागि अलिबाबाले सो मात्रामा कर्मचारी कटौती गर्नु परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार