Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निजी क्षेत्रले विश्वासका साथ औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक छ : उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताएका छन्।

बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँगको सहकार्य गर्दै अहिलेको आर्थिक अवस्थालाई सरकारले सुधार गर्न चाहेको बताएका हुन्।

मन्त्री बडूले सरकारले आफ्नो सीमा भित्र रहेको सकेको सहयोग गर्न तयार रहेको बताए। मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनपर्ने पनि उनको जोड थियो। उनले अहिले सञ्चालनमा आएका उद्योगहरु पनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको बताए।

मन्त्री बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै नीजी क्षेत्रले पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न तयार रहन आग्रह गरे। उनले विश्वासका साथ सहकार्य गर्न र अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यक्ता भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077