Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कोभिड अस्पतालबाट भागेका लक्ष्मण दास ३९ घण्टापछि पक्राउ

विराटनगर । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट फरार भएका लेनदेन प्रतिवादीलाई प्रहरीले ३९ घण्टापछि पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई पक्राउ गरिएको हो ।  दास बुधबार राति १० बजेतिर अस्पतालबाटै फरार बनेका थिए।

फरार बनेका दासलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले शुक्रबार दिउँसो विराटनगर-१४ कटुप्पामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

दासलाई लेनदेन मुद्दामा मोरङ जिल्ला अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको थियो। सजाय भुक्तान नगरिकन तीन वर्षदेखि फरार रहेका उनलाई प्रहरीले साउन २० गते पक्राउ गरेको थियो ।

पक्राउ गरेर अदालतमा बुझाउनुअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएसँगै उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा अस्पतालबाटै फरार बनेका थिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077