Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेको प्रश्न - अरुका छोराछोरीलाई बन्दुक बोकाएर आफ्नाको विदेशी डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका ठूला दलका नेताहरूले आफ्नो परिवारको समृद्धिको लागि मात्र काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार हेटौँडामा आयोजना भएको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको दाबी गरे ।

उनले भने ‘अर्काको छोराछोरीलाई बन्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?’

देशमा नेताहरुले गरेको गलत कामको एक-एक हिसाब खोज्ने भन्दै लामिछानेले आउँदो निर्वाचनमा आफूहरु विजयी भए भ्रष्टाचारीको ठोगान लगाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077