Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

काठमाडौं ।  आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् ।

शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ ।

मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ ।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077