Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वर्षापछिको पहिरोले तीन सडक पूर्ण रुपमा र १२ आंशिक अवरुद्ध

    वर्षापछिको पहिरोले तीन सडक पूर्ण रुपमा र १२ आंशिक अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । वर्षापछिको पहिरोले देशभरका तीन सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्। १२ सडक भने आंशिकरुपमा अवरुद्ध रहेका छन्।

    कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडकका विभिन्न खण्ड अवरुद्ध रहेका छन्। कर्णाली राजमार्गअन्तर्गत जुम्लाको सुर्कीपाखा र दादीखोलामा पहिरोका कारण सडक अवरुद्ध रहेकामा एउटा निजी सवारीसाधन भाडामा लिएर खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ।



    साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोटदेखि बल्दे खण्ड अवरुद्ध रहेकामा खुलाउन उपकरण सो स्थानमा लगिएको छ। वर्षात् र लेदो रोकिएपछि सोही स्थानबाट यातायात खुलाइने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ। बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकामा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ।



    वर्षाले अवरुद्ध १२ सडकमा रहेको अवरोध हटाएर हाल एकातर्फबाट सवारीसाधन चल्नसक्ने व्यवस्था मिलाइएको छ। कोशी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेशीसहर–चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल ९मध्यपहाडी० राजमार्गको विभिन्न खण्डमा बाढी र पहिरोका कारण अवरुद्ध बनेकामा हाल आंशिकरुपमा खुलाइएको छ ।

    कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सम्माटार, पृथ्वी राजमार्गको तनहुँको साँखर ९बाँसबारी०, त्रिभुवन राजपथमा मकवानपुरको छत्तिस खोला, डुम्रे–बेशीसहर–चामे सडकअन्तर्गत लमजुङको उदीपुर, मनाङको म्यार्दी भीरमा सडक एकातर्फबाट मात्रै खुलाइएको छ। त्यस्तै, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको फक्सिण्डा दोभानबाट बरुण खोला, तानसेन–रिडि–कोरलाअन्तर्गत मुस्ताङको काभ्रे भीर, पुष्पलाल ९मध्यपहाडी० राजमार्गअन्तर्गत बागलुङको खहरे दोबिल्ला, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको जारकोटमा पनि आंशिकरुपमा मात्रै सञ्चालनमा छन् ।

    यो वर्ष अवरुद्ध भएकामध्ये हाल एक सय १५ स्थानमा सडक दुवैतर्फ चालु भइसकेको छ। यो वर्ष २१ राजमार्गका एक सय २८ स्थानमा सडक अवरुद्ध भएको विभागले जनाएको छ।रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार