Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्यान्डले जित्यो एक खेल अगावै टी-२० सिरिज

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरूद्धको टी-२० सिरज अन्तर्गत दोस्रो खेलमा पनि न्युजिल्याण्ड विजयी भएको छ ।

२१६ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो । वेष्ट इन्डिजका ओबेड मेकोयले अविजित २३ रन जोडे ।

त्यस्तै रोभम्यान पावेल २१ र रोमारियो शेफर्ड १८ रनमा आउट भए । बलिङमा न्यूजिल्याण्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले समान ३–३ विकेट लिए ।

यसअघि जमैकामा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २१५ रन बनाएको थियो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ७६ रन जोडे ।

त्यस्तै डेरेल मिचेलले ४८ तथा डेभोन कोनवेले ४२ रन जोडे । वेष्ट इण्डिजका ओबेड मेकोयले ३ विकेट लिए ।

जितसँगै ३ खेलको शृंखला पाहुना टोली न्यूजिल्याण्डले २९० ले जितेको छ । पहिलो खेल न्यूजिल्याण्डले १३ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077