Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उम्मेदवार सिफारिस गर्न कांग्रेसले मातहतका कमिटीलाई परिपत्र गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनुपर्छ ।

आजको बैठकले चुनावमा वितरण गर्ने प्रत्यक्ष र समानुपातिकको टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय पनि गरेको छ ।

पार्टीले यसअघि पार्टीको केन्द्रीय समिति बैठकले तय गरेको भदौ २ गते २५ गते देखि चुनावी अभियानको मितिलाई परिमार्जन गर्दै भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077