Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको बताएका छन् ।

शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताएका हुन् ।

माओवादीका नेताहरू एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको उल्लेख गर्दै उनले नेताहरुलाई के गरी मिलाउने भन्ने आजको सबैभन्दा ठूलो चुनौती भएको बताए । नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनको जिकिर गरे ।

उनले भने, ‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ।’ मधेसमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077