Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धनमा पुगे : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको बताएका छन्।

काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धनमा पुगेको ओलीले बताए।

आफ्नो आफ्नो चुनाव लडेर सरकार बनाउने बेला गठबन्धन गरे भइहाल्थ्यो, ओलीले भने, त्यसो गर्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन सठबन्धन बनिरहेको छ। उनले पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिरहेको बताए।

देशलाई विकसित बनाउन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमाले सरकारमा आउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077