Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ

    दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान सहित अन्य दुई जना रहेका छन् ।



    काठमाडौं महानगरपालिका२६ सामाखुशीमा दुर्लभ वन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी पक्राउ गरेको हो ।



    उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार