Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २५ केजी सालकको खपटासहित सोनाम र ध्यानबहादुर पक्राउ

    २५ केजी सालकको खपटासहित सोनाम र ध्यानबहादुर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) २५ केजीसहित दुई जनालाई पक्रउ गरेको छ।

    पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला लिखु तामाकोशी गाँउपालिका वडा नं. ३ बस्ने ३८ बर्षीय सोनाम तामाङ र ३२ बर्षीय ध्यान बहादुर तामाङ रहेका छन्।



    सीआईबीको टोलीले बिहिबार विशेष सूचनाको आधारमा उनीहरुलाई रामेछापको मन्थलीस्थित देवकोटा चोकबाट पक्राउ गरेको सीआईबीका एसपी श्याम कुमार महतोले जानकारी दिए।



    पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, रामेछाप मन्थलीमा बुझाईएको सीआईबीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार