Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्घटना न्यूनीकरणमा कैलाली ट्राफिकको प्रयास : ६ लेन सडक प्रयोग गर्नेबारे सचेतना कार्यक्रम

कैलाली । कैलालीको धनगढीमा ६ लेन सडक प्रयोग गर्ने सम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र मालिकार्जुन दार्चुला सेवा समिति धनगढी कैलालीको आयोजनामा उक्त कार्यक्रम गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिलबहादुर सिंहले ६ लेन सडकखण्ड प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए ।

उनले मोहना-अत्तरिया ६ लेन सडक खण्डमा स्वंयम उपस्थित भएर प्रशिक्षण दिएका हुन् । सो सडकखण्डमा लेन अनुशासन पालना नहुँदा दुर्घटनाको जोखिम अत्यधिक छ ।

यस्तै चटकपुर क्षेत्रमा चालक, सहचालक लगायतका सडक प्रयोगकर्तालाई ६ लेन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानि, लेन परिवर्तन गर्ने तरिका, ओभरटेक गर्ने तरिका, सवारी साधनको गति लगायतका विषयमा पनि जानकारी गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै ट्राफिक प्रहरीले बिभिन्न किसिमका जनचेतनामुलक प्लेकार्ड र पर्चा पम्पलेट समेत बितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077