Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीले यसरी गर्‍यो सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको सकुशल उद्धार [तस्बिरहरू]

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार भएको छ । शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका २७ वर्षीय सन्देश कार्कीको प्रहरीले उद्धार गरेको हो ।

जिल्‍ला प्रहरी परिसर काठमाडौंका अनुसार एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको छ भन्ने खबर प्रहरीले पाएको थियो । सो खबर पाएपछि प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो ।

सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा अपराह्न सवा ५ बजे फेला पारेका उद्धार गरेको थियो । उद्धार पश्‍चात कार्कीसँग सोधपुछ गर्दा आज बिहान सामाखुशीबाट उनी ५ जना साथीसहित घुम्न सुन्दरीजल पुगेका थिए ।

'सन्देश कार्कीले नदीमा पौडी खेलौ भन्दा अन्य साथीहरुले नमानेका । तर निज भने नदीमा पौडी खेल्न हाम फालेकोमा बागमती नदीले बगाएको भन्ने खुल्न आएको छ,' जिल्‍ला प्रहरी परिसर काठमाडौंले भन्यो ।

उनको स्वास्थ्य अवस्था सामान्य नै रहेकोले साथीहरुको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077