Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड, अब ७० अंक ल्याउने परीक्षार्थी पास

    सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड, अब ७० अंक ल्याउने परीक्षार्थी पास

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्याविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिक कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।



    यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।



    संशोधित कार्याविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परिक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई अब सबै प्रदेशले कार्यान्वयन गर्नेछन् । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार