Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अब अध्ययन तथा रोजगारीमा जानेले तीन दिनभित्रै लाइसेन्स पाउने

    अब अध्ययन तथा रोजगारीमा जानेले तीन दिनभित्रै लाइसेन्स पाउने

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 504
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जानेहरूलाई तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ ।

    बुधबार विभागले एक सूचना जारी गर्दै लाइसेन्स शिघ्र प्रिन्टका लागि पुस १५ गतेदेखि आवेदन दिन सकिने जानकारी गराएको हो ।



    यसबाहेक विभागले शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूका लागि पनि तीन दिनभित्र लाइसेन्स दिने बताएको छ ।



    शिघ्र प्रिन्टका लागि विभागले आफ्नो अनलाइन लाइसेन्स प्रणालीको पोर्टल मार्फत् आवेदन दिन आग्रह गरेको छ।

    निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र स्मार्ट कार्ड सेवाग्राहीले पाउने पनि सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार