Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नयाँ व्यवस्थाले लाइसेन्स लिने बढे

    नयाँ व्यवस्थाले लाइसेन्स लिने बढे

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 777
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ ।

    मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भने हाल ७० अङ्क मात्र ल्याए उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत उत्तीर्ण भएका छन् ।



    यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार चारपाङ्ग्रे सवारीसाधनको लाइसेन्स परीक्षामा पहिला १० देखि १५ प्रतिशत मात्र उत्तीर्ण हुन्थे । हाल ३० देखि ३५ प्रतिशतसम्म उत्तीर्ण भएका छन् ।



    पुरानो परीक्षा प्रणालीमा हरेक आइतबार आठ सयको सङ्ख्यामा सेवाग्राही हुन्थे भने हाल झन्डै ५० प्रतिशतले घटेको छ । अन्य बारमा पहिला पाँचदेखि छ सयसम्म हुन्थ्यो भने अहिले दुईदेखि तीन सयसम्मको सङ्ख्यामा सेवाग्राही आएका छन् ।

    कार्यालयका निमित्त प्रमुख राजकुमार कपालीले भने “अहिले पास गर्नेको सङ्ख्या झन्डै ४० देखि ५० प्रतिशतले बढेको छ । पास धेरै भएर फाराम भर्नेको सङ्ख्या घटेको छ । सेवा प्रवाहमा धेरै सहज भएको छ । सेवाग्राहीलाई पनि धेरै सजिलो भएको देखिन्छ ।”

    यातायात व्यवस्था विभागले पनि ७० अङ्क ल्याएपछि उत्तीर्ण हुने व्यवस्थाले सेवाग्राही बढेको जनाएको छ । पहिलो एक सय अङ्क नै ल्याउनुपर्ने व्यवस्थाले विभागमा लाइसेन्स प्रिन्ट गर्नेको सङ्ख्या कम हुने गरेकोमा अचेल उक्त सङ्ख्या बढेको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “अहिले देशभरबाट दैनिक छरसात हजारको हाराहारीमा सेवाग्राही हुनुहुन्छ । पहिलाको अनुपातमा यो सङ्ख्या बढेको हो ।”

    श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीले ट्रायल परीक्षामा नयाँ व्यवस्था गत फागुन २ गतेदेखि लागु गरेको थियो । अन्य प्रदेशमा पहिले नै लागू भइसकेको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार