Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२३ वर्षअघि फर्पिङबाट चोरिएको नील बाराहीको प्रतिमा सिंगापुरमा

काठमाडौं । फर्पिङस्थित गुठियारको घरबाट २३ वर्ष अगाडि चोरी भएको अघेश्वार नील बाराहीको प्रतिमा सिंगापुरको संग्रहालयमा भेटिएको छ।

नेपाल संवत् ७५६ मा कुँदिएको पुरातात्विक महत्वको स्वर्ण तामा प्रतिमा सिंगापुरको प्रतिष्ठित एसियन सिभिलाईजेनशन म्युजियममा राखिएको सम्पदा खोजबिन र पहिचानको अभियान लस्ट आर्टस् अफ नेपालले जानकारी दिएको छ।

काठमाडौं थल्खु टोल फर्पिङमा रहेको सो अघोरेश्वर नील बाराहीको प्रतिमा २०५६ असार २ गते चोरी भएको थियो।

हरि–शंकर जात्राका अवसरमा नीलबाराहीजस्तै ७ वटा विशिष्ट भगवान् प्रतिमालाई फर्पिङभित्र घुमाउने प्रचलन छ। ती ७ मध्ये ४ वटा प्रतिमा चोरी भइसकेकाले अहिले प्रतिलिपी प्रतिमाकामा भरमा जात्रा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077