Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्साका किसानले कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल कब्जामा लिए

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट पर्साका किसानले ६ ट्रक रासायनिक मल कब्जा गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको भुटनदेवीमा रहेको गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।

भुटनदेवीमा रहेको गोदामबाट कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको बताए ।

किसानले नियन्त्रणमा लिएको मल बालमन्दिर प्राङ्गणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077