Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक लिमिटेडमा रुपान्तरण हुने

काठमाडौं । प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएसँगै बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ।

राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको हो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बीमा विधेयक, २०७९ लागू हुने भएको छ ।

अन्य बीमा कम्पनीहरु बीमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र राष्ट्रिय बीमा संस्थान बीमा विधेयक, २०२५ अनुसार सञ्चालनमा रहँदै आएको छ ।

तर, आइतबारको प्रतिनिधिसभाको बैठकले सो बीमा विधेयक खारेज गर्दै बीमा विधेयक, २०७९ लागू गर्न सर्वसम्मत निर्णय पारित गरेको हो ।

योसँगै अब राष्ट्रिय सभाबाट सो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई लागू हुनेछ ।

विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्र पब्लिक लिमिटेडमा रुपान्तरण हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077