Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निर्वाचन आयोगले माग्यो निर्वाचन पर्यवेक्षणका लागि आवेदन

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूबाट आवेदन मागेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक संघसंस्थालाई १५ दिनभित्र आवेदन दिन भनेको हो । पर्यवेक्षणले निर्वाचनको विश्वसनियता अभिवृद्धि गर्ने आयोगले जनाएको छ ।

‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचनसम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोगको निर्णयानुसार पर्यवेक्षण गर्नका लागि इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुलाई आवेदन दिन मिति २०७९/०४/२९ गते सूचना प्रकाशन गरिएको छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भनेको छ,‘ ‘इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले १५ दिनभित्र आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमार्फत् आवेदन दिन सकिने गरी व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको विश्वासनियता अभिवृद्धि गर्ने उद्देश्यले आयोगको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमार्फत आवेदन माग गरिएको जानकारी दिए । आयोगले शनिबारमात्रै निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077