काठमाडौं । देशका धेरै स्थानमा आज बदली हुने सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश–१, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षाको सम्भावना रहेको छ । मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा हुने अनुमान गरिएको छ ।
बुधबार प्रदेश–१, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।