Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - कला क्षेत्रप्रति भावुक र संवेदनशील छु

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकारप्रति आफ्नो अनुराग भएको बताएका छन्।

कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने आफू कला क्षेत्रप्रति भावुक र संवेदनशील भएको बताएका हुन्।

उनले भने, ‘आफैँ पनि कलाप्रति अनुराग राख्ने मान्छे हुँ। म राजनीतिमा लागेर बडो उतारचढावपूर्ण जीवन बिताएँ बिताइरहेकाे छु। तर, भित्रै चाहिँ अलि बढी भावुक छु। कलाकारप्रति, कविप्रति, साहित्यमा अलि बढी अनुराग छ। कमै मान्छेले मलाई बुझ्छन्।’

साहित्यिक कार्यक्रममा सहभागी हुँदा आफूलाई छुट्टै खालको सन्तुष्टि हुने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077