Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो देश जहाँ पुरुषले दुई विवाह गर्नैपर्छ, अस्वीकार गरे जन्मकैद

एजेन्सी । पहिले पहिले पुरुषले बहुविवाह गर्ने आम चलन रहेपनि संसारबाट अहिले यो प्रथा विस्तारै हट्दै गएको छ र धेरै देशमा त बहुविवाह गैरकानूनी नै बनेको छ ।

तर एउटा देश यस्तो छ जहाँ अहिलेपनि पुरुषहरुले दुई विवाह गर्नैपर्ने कानून छ । कानूनी रुपमै पुरुषहरुलाई दुई विवाहको अनिवार्य व्यवस्था गरिएको छ । त्यहाँ दुई विवाह गर्न नमान्ने पुरुषलाई कानूनी कारवाही हुन्छ । अफ्रिका महादेशको इरिट्रिया नामक देशमा पुरुषहरुले दुई विवाह गर्नु अनिवार्य छ ।

दुई विवाह गर्न नमान्ने पुरुषहरुलाई सजायँ स्वरुप जन्मकैद समेतको सजायँ हुनसक्दछ । महिलाहरुले पनि पतिलाई दोश्रो विवाह गर्नबाट रोक्न पाउँदैनन् र त्यस्तो प्रयास गरेमा उनीहरुलाई पनि कारवाही हुन्छ ।

देशमा पुरुषको तुलनामा महिलाको संख्या धेरै भएकाले हरेक पुरुषलाई दुईवटा महिलासँग बिहे गर्न बाध्य पारिएको हो । सो देशमा लैंगिक अनुपातमा पुरुषको संख्या निकै कम छ ।

त्यसैलाई सन्तुलन गर्नका लागि दुई विवाहको कानून बनाइएको हो । त्यहाँका पुरुषले चाहुन् वा नचाहुन्, खुसी होउन् वा दुखी उनीहरुले दोश्रो विवाह गर्नैपर्दछ र दुईवटी पत्नीलाई सम्हाल्नै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077