Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालले निर्वाचन रणनीति बनाउने

काठमाडौं । सोमवार राप्रपा नेपालको केन्द्रीय समिती बैठक बसेको छ ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकको उद्घाटन गर्दै अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

अध्यक्ष थापाले मुलुकको पछिल्लो अवस्थाबारे संक्षिप्त भनाइ राखेका छन् । बैठकमा उनले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा प्रदेश अध्यक्षहरूको पनि प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077