Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फाेहाेरमा राजनीति गरेर बालेनलाई हराउने खेल हुंदैछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फोहोरको व्यवस्थापन गर्न नदिएर, फोहोरमाथि चरम राजनीति गरि बलेन शाहलाई बदनाम गर्ने खेल भएको बताएका छन्।

प्रदेश नं १ इटहरीको प्रदेश भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले स्वतन्त्रबाट वा नयाँ आएकाहरुले केही गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नका निमित्त मेयर बालेन्द्र साह (बालेन)लाई बदनाम गर्ने खेल भएको बताए।

उनले भने, 'जनताले सम्बोधन गरेर, आँट गरेर, साहस गरेर जिताएर पठाएकाहरु असफल पार्ने साँधकाट गरिएको छ।'

लामिछानेले जनताले आशा गरेर जिताएर पठाएका युवा राजनीतिज्ञहरुको सफलताको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जानै पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077