Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्र बैंकले भन्यो- क्रिप्टोकरेन्सी र नेटवर्किङ गैरकानुनी, कारोबार नगर्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङमा कारोबार नगर्न सचेत गराएको छ।

बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा भर्चुअल करेन्सी/क्रिप्टो, बिटक्युन कारोबार तथा नेटवर्किङमा कारोबार नगर्न सूचना जारी गरेको हो।

मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी तथा स्टाबिलिक्वनको कारोबार गैरकानुनी रहेको राष्ट्र बैंकले जनाएको छ।

पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ, तथा हाइपर फण्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिम हुनेमा राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077