Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चुनावमा देउवालाई हराउनै पर्छ, जिताएर प्रधानमन्त्री बनाए देश बेच्छन् : कर्ण मल्ल

कैलाली । नेपाली कांग्रेस (विपी) का बरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउनै पर्ने टिप्पणी गरेका छन् ।

सोमबार बोलन्या थलीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मल्लले देउवालाई फेरी जिताएर प्रधानमन्त्री बनाए देश बेचिने भन्दै हराउनै पर्ने बताएका हुन् ।

'देउवाकै नेतृत्वमा एमसीसी पास भइसक्यो,' उनले भने,'एसपीपी पास गर्न लागि परेका छन् तर पास भएको छैन ।' फेरी नागरिकता बिधेयक ल्याएर बिदेशी दलाललाई यो देश बेच्न देउवा लागि परेको मल्लको आरोप छ ।

'राष्ट्रपतिले सो बिधेयक फिर्ता पठाएर देश बेचिनबाट जोगाउनु भएको छ,' उनले भने,'म राष्टपति बिद्यादेवी भण्डारीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077