Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संघीय र प्रदेशसभा निर्वाचनका लागि मंगलबार दल दर्ता गर्दै कांग्रेस

काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस भोलि दल दर्ता गर्ने भएको छ ।

मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोगको कार्यालयमा गएर कांग्रेस दल दर्ता गर्न लागेको हो । काँग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

पौडेलको साथमा काँग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् । सबै जसो दलले निर्वाचन आयोगमा दर्ता गरिसक्दा पनि काँग्रेस दल दर्ताका लागि भोलि निर्वाचन आयोग जान लागेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याएर दल दर्ता गर्ने काँग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077