Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजविराजमा राष्ट्रपति भण्डारीको पुतला दहन

जनकपुरधाम । नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।

जसपाका कार्यकर्ताहरुले सोमबार राजविराजमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजि गर्दै पुतला दहन गरेको हो ।राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध जसपाका स्थानीय नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

यस्तै लोसपाले समेत नागरिकता विधेक फिर्ताको विरोधमा प्रदर्शन गरेका छन् । पार्टी कार्यालयबाट निकालिएको विरोध जुलुश नगरको विभिन्न भाग परिक्रमा पश्चात पुन पार्टी कार्यालय पुगेका थिए ।

यसैगरी जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सिरहामा जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077