Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा खर्च १० अर्बको अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ।

आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट माग गरेको छैन । यद्यपि आयोग पदाधिकारीको बैठकले आर्थिक कार्यविधि पारित गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ।

आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतपत्र, मतपेटिका, छेकबारालगायतका निर्वाचन सामग्री स्थानीय चुनावभन्दा चार गुणा बढ्ने हुँदा निर्वाचन खर्चमा समेत उल्लेख्य वृद्धि हुनेछ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार रुपियाँ खर्च भएको थियो। आयोगले १० अर्ब रुपियाँ बजेट माग गरेकोमा स्थानीय चुनावका लागि सरकारले आठ अर्ब ११ करोड रुपियाँ सुनिश्चित गरेको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र चार दोब्बर बढी छाप्नुपर्ने बताए । स्थानीय निर्वाचनमा करिब दुई करोड मतपत्र छापिएको थियो।

स्थानीय चुनावमा मतपत्र छाप्न करिब २८ करोड रुपियाँ खर्च भयो। उक्त चुनावमा एउटै कागजमा मतपत्र प्रयोग भएको थियो। उनले भने, “मतपत्रको सङ्ख्या वृद्धि भएपछि कागज, मसी, ढुवानी खर्च स्वभाविक रूपले बढ्नेछ।” गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077