Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवलमा होटलभित्रै पुरुष र युवती मृत भेटिए

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा पुरुष र महिला मृत भेटिएका छन् । तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार धादिङ घर भएका अन्दाजी ३५/३६ वर्षका सिताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् । भुजेल धादिङको कुमपुरका रहेको र युवतीको नाम पुष्पा भनिए पनि थर र पूरा ठेगाना खुल्न बाँकी छ ।

तन्ना र तौलियामा रगत पोतिएको देखिएकोले भुजेलले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र अरू कुरा थप अनुसन्धानपछि खुल्ने प्रहरीको भनाई छ ।

उनीहरू आइतबार राति त्यस होटेलमा बस्न पुगेका थिए । उनीहरूका शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077