Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषध मुद्दामा १३ महिना कैद तोकिएका श्रेष्ठ पक्राउ

काठमाडौं । लागुऔषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेको रोशी गाउँपालिका–४ घर भई भक्तपुर बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत भक्तपुरले २०७९ साउन ४ मा निर्मलालाई १३ महिना कैद र ६ हजार जरिवाना हुने फैसला गरेको थियो ।

साउन ३० मा उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

अदालतको आदेशले उनलाई केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077