Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खेलमा लाग्ने युवाको भविष्य उज्वल छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले खेलमा लाग्ने युवाहरुको भविष्य उज्वल रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश, काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थापाले खेलमा लाग्ने युवाहरुको भविष्य उज्वल रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिए।

उनले समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्न लोकतान्त्रिक खेलकुद संघलाई आग्रह गरे। थापाले खेलमार्फत समाज रुपान्तरणमा योगदान गर्न सुझाव दिए।

कुलतमा फस्ने युवाहरुको संख्या बढ्दै गएको अवस्थामा युवाहरुलाई विभिन्न खेलमा आवद्ध गराए युवाहरुले सहि बाटो समात्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077