Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ तलबमान लागू : प्रधानसेनापतिको ८२ हजार तलब हुँदा सिपाहीको कति ?

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापतिको तलब ८२ हजार रुपैयाँ पुगेको छ । सरकारले साउन १ गतेदेखि लागू गरेको तलबमानअनुसार नेपाली सेनाका प्रधान सेनापतिको शुरूको तलब स्केल ७७ हजार २११ र ग्रेडको २ हजार ५७४ गरि कुल ८२ हजार ३५९ रुपैयाँ पुगेको छ ।

यस्तै, रथीले ७९ हजार १६९, उपरथीको ७६ हजार ८८८, सहायक रथीको ७१ हजार ११० रुपैयाँ नयाँ तलब कायम भएको छ ।

त्यति हुँदा सिपाहीको भने २६ हजार ६४३ रुपैयाँ तलब स्केल र ग्रेड गरेर ३३ हजार ३४ रुपैयाँ काम भएको छ । यस्तै प्युठको ३३ हजार ७३८ रुपैयाँ, रिकुटको २४ हजार ७०२ रुपैयाँ तलब कायम भएको छ ।

नेपाली सेनाको पाइलटको ८२ हजार २८१ रुपैयाँ सहायक रथी विमान तर्फको पनि ८२ हजार ५१५ रुपैयाँ नयाँ तलब कायम भएको छ ।

हेर्नुहोस् कसको तलब कति ? 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077