Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धारा जोड्न घुस माग्ने केयुकेएलका सिनियर प्लम्बर पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई मंगलवार सेवाग्राहीसँग लिएको घुस रकमसहित केयुकेएलको महांकाल शाखा कार्यालयबाट पक्राउ गरेको हो ।

बूढानीलकण्ठ ११ कपनटार बस्ने उनले धारा जडानका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।

धारा जडानका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि खुलालले हैरानी दिएपछि सेवाग्राहीको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनकाे साथबाट प्रहरीले सेवाग्राहीसँग लिएकाे घुस रकम बरामद गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077