Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पसल फोडी लाखौँका सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । पसल फोडेर लाखौँका सामान चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दिबास-१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपको सामान चोरी गर्ने बर्दिबास-१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान, आठ एमएमको प्लेट एक सय ८० किलो, वेल्डिङ रड पाँच कार्टुन, टेबुल पङ्खा लगायतका रु सात लाख ६५ हजार मूल्य बराबरको सामान चोरी भएको थियो।

चोरिएका सामानसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077