Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन भन्छन् - फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर ब्यवस्थापनका लागि प्रहरी परिचालन गर्नु आफूहरुको उद्देश्य नभएको बताएका छन् ।

निरन्तर चलिरहेको अवरोधका सन्दर्भमा शाहले भने, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस्। यो हाम्रो प्रतिवद्धता हो। प्रतिवद्धतामा हामी इमान्दार, सचेत र संवेदशनशील छौँ।’

गएको जेठ २६ गते काठमाडौँ महानगरपालिका, धुनिवेँसी नगरपालिका र ककनी गाउँपालिकाविच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले, तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक बर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गरेका छन्।

प्रहरी प्रशासनको सहयोग लिएर हिजो १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो। स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। सडक निर्माण तथा मर्मत सकिनुपर्ने लगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै उनीहरुले सडकमा अवरोध गर्दै आएका छन्।

आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानी तयारी छ। सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीयहरु डाँडामा जम्मा भएर बसेका छन्। ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन्।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन्। कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन्।

यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077