Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लप नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिस्कार गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा भाग नलिने भएको छ ।

चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिस्कार गर्ने भएको हो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएपनि अझै पनि मुद्दाहरु फिर्ता नभएको भन्दै सरकारसँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

तर, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन । गजुरेल नेतृत्वको सो मोर्चा वैद्य समुहको एक घटक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077