Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको राजनीतिक समितिको बैठक बालकुमारीमा सुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न राजनीति समितिको बैठक बालकुमारीमा सुरु भएको हो ।

संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

जसपा विभाजन भएपछि यो पहिलो राजनीति समितिको बैठक हो । यो बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077