Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

०.३६ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ ।

आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द भएको हो । नेप्सेसँगै बैंकिङ जीवन बीमा, होटल तथा पर्यटन, व्यापार लगानी र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ । बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको छ । बुधबार बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६० लाख कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६९ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको स्थिर छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077