Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘कांग्रेस ढोडको भए पनि लौरो नसमाति उभिनै नसक्ने भयो । एमालेसँग अखडामा कांग्रेस टिक्नै सक्दैन । कांग्रेस पाँच(सातवटा साथी नलिइकन उभिनै सक्दैन । विचारशून्य छ । कहाँ जाने थाहा छैन ।’

कांग्रेस विचारशून्य रहेको र एमालेलाई रोक्ने नीति,कार्यक्रममा कांग्रेस रहेको ओलीले बताए ।

कांग्रेसको नीति कार्यक्रम नै गठबन्धन रहेको र त्यसको उद्देश्य एमालेलाई रोक्ने रहेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077