Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विद्युत प्राधिकरणको नाफा अझै बढ्छ : कुलमान घिसिङ

    विद्युत प्राधिकरणको नाफा अझै बढ्छ : कुलमान घिसिङ

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 786
    SHARES

    फाइल फोटो

     

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७ औं वार्षिक उत्सवमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताए । आर्थिक वर्ष २०७८÷७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए । प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझै बढ्ने बताए । आर्थिक वर्ष २०७७÷०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।



    कार्यक्रममा उनले विद्युत उपभोग बढाउन विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घोषाणा पनि गरे ।

    प्रबन्ध निर्देशक घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको भन्दैै आगामी वर्षहरूमा थप बिजुली निर्यात गर्ने लक्ष्य लिइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार