Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कुलमान भन्छन् – ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री प्रचण्डबाट सम्भव भयो

    कुलमान भन्छन् – ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री प्रचण्डबाट सम्भव भयो

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 609
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्भव भएको टिप्पणी गरेका छन् ।

    मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले सो टिप्पणी गरेका हुन् ।



    उनले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताए ।



    यस्तै कार्यकारी निर्देशक घिसिङले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार