Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कुलमानले गरे विद्युत प्राधिकरणका कर्मचारीको सेवा सुविधा बढाउने घोषणा

    कुलमानले गरे विद्युत प्राधिकरणका कर्मचारीको सेवा सुविधा बढाउने घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 657
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धिको घोषणा गरेका छन् ।

    शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् ।



    प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता ७ हजार ५०० बाट १५ हजार बनाइएको छ ।



    त्यस्तै विद्युतीय सवारी साधन खरिदमा तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको निर्देशक घिसिङले बताए । शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान २० बाट ४० हजार पुर्याइएको छ ।

    कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने निर्देशक घिसिङले घोषणा गरे ।

    प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने घोषणा समेत घिसिङले गरेका छन् ।

    त्यस्तै कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ भने प्रत्येक अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने घोषणा समेत घिसिङले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार