Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उद्योगीहरुबाट डेडिकेटेडको महसुल उठाएरै छाड्छौं : कुलमान घिसिङ

    उद्योगीहरुबाट डेडिकेटेडको महसुल उठाएरै छाड्छौं : कुलमान घिसिङ

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 387
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेडको महसुल उठाएरै छाड्छने बताएका छन्।

    संसद्को भौतिक पूर्वाधार समितिमा मंगलबार बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् ।



    निर्देशक घिसिङले भने, ‘टीओडीको डेटामा २० घण्टाभन्दा बढी लिएको छ कि छैन भन्ने देखिन्छ । त्यो भेरिभाइ गर्नलाई टीओडी हुनसक्छ । धेरै मिटरहरुको टीओडीको डाटा पनि हामीले डाउनलोड गरेर राखेका छौं । कतिपयको मिसप्लेस भएको हुनसक्छ ।’



    निर्देशक घिसिङले केही उद्योगहरुको टीओडीको डेटा हराएको हुनसक्ने बताए। तर, त्यो डेटा नभए पनि प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छाड्ने पनि निर्देशक घिसिङले बताए ।

    सबस्टेसनमा हुने लगसिटबाट प्रमाणित गराएर पनि महसुल लिइने निर्देशक घिसिङले बताए । उद्योगी र प्राधिकरणबीच कति युनिट विद्युत् खपत भयो भन्ने विषयमा विवाद भइरहेको छ ।

    तर, कुलमान घिसिङले भने कति युनिट विद्युत् खपत गरेको तथ्यांक भएकाले त्यसकै आधारमा बिलिङ गरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार