Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

निहारिकाको अनशन तोडाउन कानुनमन्त्री र महान्यायाधिवक्ता शिक्षण अस्पतालमा

काठमाडौं । निहारिका राजपुतको अनशन तोडाउन कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खाती त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

अनशनरत निहारिका राजपुतसँग वार्ताका लागि कानुनमन्त्री शर्मा र महान्यायाधिक्ता खाती बुधबार अपराह्न त्रिवि अस्पताल पुगेका हुन् ।

निहारिकाले आफूमाथि बलात्कार भएको र आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी छन्।

लामो समयदेखि काठमाडौं कन्द्रित आन्दोलन गर्दै आएकी निहारिकाले केही दिनअघि राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयाससमेत गरेकी थिइन्। निहारिकाले प्रतिवादी बनाएका शिवराज श्रेष्ठ मंगलबार धनुषाबाट पक्राउ परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077