Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुला जीप दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो

दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको भएको छ ।

शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा बुधबार अपराह्न ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मुत्यु भएको थियो । भने दुर्घटनामा ९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसारका दुर्घटनामा मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहरा रहेका छन् ।

बझाङका सबै जना भारतको पिथौरागढ उपचारका लागि जान आएको भन्ने बुझिएको दार्चुलाका प्रहरी डिएसपी प्रतीक विष्टले जानकारी दिए । घाइते ९ जनामध्ये ३ जना सख्त घाइते रहेका छन् ।

घाइतेहरुको गोकुलेश्वर प्रहरी चौकी, मालिकार्जुन चौकीका प्रहरी र स्थानीय उद्धार गरेका थिए । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077