Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काबुलमा बम विष्फोट : २० जनाको मृत्यु, ४० घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विष्फोट भएको छ ।

बुधबार साँझ प्रार्थनाको समयमा काबुलस्थित एक मस्जिदमा विष्फोटमा परी २० जनाको मृत्यु भएको छ । भने अन्य ४० जना घाइते भएको बताइएको छ ।

काबुलको खैरखाना क्षेत्रमा रहेको अबुबकिर सेदिक मस्जिदमा बुधबार साँझ नमाजको समयमा शक्तिशाली विस्फोट भएको थियो। उक्त घटनाको जिम्मा अहिलेसम्म कसैले नलिएको अधिकारीहरुले जानकारी दिएका छन्।

पछिल्लो हप्ता काबुलमा भएको एक आक्रमणमा तालिबान समर्थक मौलाना शेख रहिमुल्ला हक्कानीको मृत्यु भएको थियो। उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077