Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी सेना नेपाल आएकोप्रति संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसद चाँदतारा कुमारीले नेपाली सेनासँग अमेरिकी सेना संयुक्त सैन्य अभ्यासका लागि आएको भन्दै कतै नेपाल आइपिएसको अंग बनेको त हैन भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले नेपाली सेनासँग संयूक्त सैन्य अभ्यासका लागि सोमबार क्याप्टेन भ्लेक डुकारेकको नेतृत्वमा १६ सदस्यीय टोली नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न आएको बताइन् ।

रेन्जर गणका नेपाली सेनाका ८० जनाले संयुक्त रुपमा अभ्यास गर्ने बताउँदै यो अभ्यास २०६० सालदेखि चल्दै आएको बताइन् ।

उनले अमेरिकासँग नेपालले एसपीपी सम्झौता नगर्ने भनिएको र गत साता प्रधानसेनापति अमेरिका भ्रमण गएको उल्लेख गर्दै नेपाल कहीँ आइपिएसको अंग बन्न लागेको त हैन भन्दै प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077